Thursday, 27 February 2025

आईटी क्षेत्रको महत्व (ग़ज़ल) .... coding- Bajhang

Posted by:- कोडिङ्ग बझाङ्ग

आईटी क्षेत्रको महत्व (ग़ज़ल)





कोडले बुनेका सपना, संसारै बदलिन्छ है,
प्रविधिले दिएको उपहार, जीवनै सजिन्छ है।

नेटवर्कले जोड्यो गाउँ, सहर बन्छ उज्यालो,
ज्ञानको किरणले अब, अन्धकार मेटिन्छ है।



स्मार्ट युगमा बाँधिएर, विश्व हातैभित्र छ,
डिजिटल युग आयो जब, सब थोक सहजिन्छ है।

डाटा राख्न होसियारी, सुरक्षित बनाऊँ है,
एक गल्तीले जब, ठूलो संकट देखिन्छ है।

आईटीले रोजगारी, बाटा नयाँ खोलिदियो,
संसारै बदल्ने शक्ति, प्रविधिमा देखिन्छ है।


......Mahesh Raj Joshi ....

Tuesday, 6 August 2024

प्लेस्टोरमा नयाँ विवरण अपडेट भइरहेकाले अस्थायी रूपमा एप उपलब्ध नभएको होः ईसेवा

Posted by:- कोडिङ्ग बझाङ्ग

यस अनुसार कम्पनीको नाम ईसेवा प्रालिबाट ईसेवा लिमिटेडमा परिवर्तन भएका कारण कम्पनीको विवरण डीयूएनएस (डेटा युनिभर्सनल नम्बरिङ सिस्टम)मा अपडेट भइरहेको छ । यसैकारण ईसेवा एप अस्थायी रूपमा प्लेस्टोरमा उपलब्ध नभएको कम्पनीले उल्लेख गरेको छ ।


 

"ईसेवा प्रालि केही समयअघि ईसेवा लिमिटेड भएसँगै, उक्त विवरण DUNS (Data Universal Numbering System) मा अपडेट गर्ने क्रममा रहेका छौं । त्यसैकारण ईसेवा एप केही समयको लागि अस्थायी रुपमा प्लेस्टोरमा उपलब्ध नहुने व्यहोरा जानकारी गराउन चाहन्छौं," सूचनामा भनिएको छ ।

डाउनलोड भइसकेका एपहरू भने सामान्य रूपमा काम गरिरहेको तथा आईओएस प्रयोगकर्ताहरूलाई यसले कुनै समस्या नपारेको कम्पनीले जनाएको छ ।


"यसबाट पर्न जाने असुविधाको लागि हामी क्षमाप्रार्थी छौं र तपाईंको धैर्यधारण र सहयोगको अपेक्षा गर्दछौं," कम्पनीले सूचनामा भनेको छ ।

Friday, 15 December 2023

Full form of some computer words....कोडिङ्ग बझाङ्ग

Posted by:- कोडिङ्ग बझाङ्ग

........Some Full form of computer system ...



1. CPU - Central Processesing Unit
2. CSE - Computer Science & Engineering
3. IT - Information Technology
4. OS - Operating System
5. UPS - Uninterruptible Power Supply
6. RAM - Random Access Memory
7. ROM - Read Only Memory
8. IP - Internet Protocol
9. URL - Uniform Resource Locator
10. WWW - World Wide Web
11. DNS - Domain Name System
12. DoS - Denial of Service
13. DDoS - Destributed Denial of Service
14. VoIP - Voice over Internet Protocol
15. VPN - Virtual Private Network
16. LAN - Local Area Network
17. WAN - Wide Area Network
18. WAP - Wireless Access Point
19. WLAN - Wireless Local Area Network
20. WiMAX - Worldwide Interoperability
for Microwave Access
21. MAC - Media Access Control
22. HTML - Hypertext Markup Language
23. HTTP - Hypertext Transfer Protocol
24. ICP - Internet Cache Protocol
25. ISP - Internet Service Provider
26. XML - EXtensible Markup Language
27. CSS - Cross-Site Scripting
28. PHP - PHP Hypertext Processor
29. SHA - Secure Hash Algorithm
30. MD5 - Message Digest 5
31. SQL - Structured Query Language
32. TCP - Transmission Control Protocol
33. CD - Compact Disc
34. CD-R - CD-Recordable
35. CD-ROM - CD Read-Only Memory
36. CD-RW - CD-Rewritable
37. DVD - Digital Video Disc
38. DVD-R - DVD-Recordable
39. DVD-ROM - DVD-Read Only Memory
40. DVD-RW - DVD-Rewritable
41. DAT - Digital Audio Tape
42. DIVX - Digital Video Express
43. HDMI - High-Definition Multimedia Interface
44. JPEG - Joint Photographic Experts Group
45. GIF - Graphics Interchange Format
46. PNG - Portable Network Graphics
47. VGA - Video Graphics Array
48. SVGA - Super Video Graphics Array
49. QVGA - Quarter Video Graphics Array
50. Open GL - Open Graphics Library
51. AGP - Accelerated Graphics Port
52. PCI - Peripheral Component Interconnect
53. CRT - Cathode Ray Tube
54. LCD - Liquid Crystal Display
55. LED - Light Emitting Diode
56. ATA - Advanced Technology Attachment
57. SATA - Serial ATA
58. HDD - Hard Disk Drive
59. SD - Secure Digital
60. FAT - File Allocation Table
61. NTFS - New Technology File System
62. USB - Universal Serial Bus
63. API - Application Programming Interface
64. UI - User Interface
65. UAC - User Account Control
66. RTC - Real Time Clock
67. UTC - Coordinated Universal Time
68. DPI - Dots Per Inch
69. BIOS - Basic Input Output System
70. DB - Database
71. FAQ - Frequently Asked Questions
72. PDF - Portable Document Format
73. PnP - Plug and Play
74. PDA - Personal Digital Assistant
75. MP3 - Motion Pictures Experts Group
76. MPEG - Motion Pictures Experts Group
77. AMR - Adaptive Multi-Rate
78. MIDI - Musical Instrument Digital Interface
79. ASCII - American Standard Code for
Information Interchange
80. PERL - Practical Extraction and reporting language
81. UNIX - Uniplexed Information and Computer System
82. JS - JavaScript
83. JRE - Java Runtime Environment
84. J2EE - Java 2 Enterprise Edition
85. J2ME - Java 2 Micro Edition
86. J2SE - Java 2 Standard Edition
87. LPI - Linux Professional Institute
88. LUG - Linux User Group
89. P2P - Peer-To-Peer
90. KB - Kilo Byte
91. MB - Mega Byte
92. GB - Giga Byte
93. TB - Tera Byte
94. DOS - Disk Operating System
95. MS-DOS - Microsoft Disk Operating
System
96. OSI - Open Systems Interconnection 
97. PC - Personal Computer 
98. BCR - Bar Code Reader 
99. BCD - Binary Coded Decimal
100. BCC - Blind Carbon Copy
101. SAM - Security Access Manager 
102. BINAC - Binary Automatic Computer 
103. CA - Computer Accountancy 
104. ACE - Advanced Computing Environment 
105. ECMA - European Computer Manufacturers 
106. NTP - Network Time Protocol 
107. RDP - Remote Desktop Protocol 
108. SNA - System Network Architecture 
109. Zip - Zip Compressed File 
110. WSH - Windows Script Host

Monday, 25 September 2023

इ-सेवा अब सोउन्ड सहितको नयाँ फिचर ल्याएर आउदै ......Coding bajhang

Posted by:- कोडिङ्ग बझाङ्ग

बझाङ्ग । नेपालको प्रमुख डिजिटल वालेट तथा भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवाले अब क्यूआर कोडसँगै साउण्ड बक्स समेत उपलब्ध गराउने भएको छ । वालेटबाट रकम काटिंदा भुक्तानी सफल भए नभएको थाहा पाउन समस्या हुने भएपछि कम्पनीले साउण्ड बक्स समेत उपलब्ध गराउने भएको हो । 

कम्पनीका अनुसार साउण्ड बक्सका लागि नेपालकै अर्को प्रविधि कम्पनी यार्सा टेकसँग सहकार्य गरिएको छ । यार्साले बनाएका साउण्ड बक्सको अग्र भागमा क्यूआर कोड राखिनेछ । 



फोनपे तथा ईसेवा समेतको माउ कम्पनी एफवन सफ्टका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुवाश शर्माले ट्विटर (हालको एक्स) मा एक भिडिओ शेयर गरेका छन् । जसमा उनले उत्साहित हुँदै ईसेवाले फोनपे क्यूआरका लागि साउण्ड बक्स सुरु गरिरहेको जानकारी दिएका छन् । सँगै पोस्ट गरिएको छोटो भिडिओमा साउण्डबक्सको अगाडि भागमा ईसेवाले उपलब्ध गराएको फोनपे क्यूआर राखिएको छ । उक्त क्यूआरमा वालेट तथा मोबाइल बैंकिङ एपबाट स्क्यान गरी भुक्तानी गर्दा साउण्ड बक्सले रिङटोनसँगै भुक्तानी प्राप्त भएको जानकारी रकम बोलेरै दिने गर्छ । 

ईसेवाको कार्यालय नजिकै रहेको हिमालयन जाभामा साउण्ड बक्स सहितको क्यूआर कोड परीक्षण गरिएको हो । उक्त परीक्षण सफल भएको र कम्पनीले अब चाँडै नै मर्चेन्टहरूलाई उपलब्ध गराउने बुझिएको छ ।

तर साउण्ड बक्स सहितको क्यूआर कोडका लागि लाग्ने शुल्क सम्बन्धी स्पष्ट जानकारी भने प्राप्त भइसकेको छैन । यद्यपि कम्पनीले निश्चित रेन्टल चार्ज अथवा एकमुस्ट शुल्क लिएर उक्त साउण्ड बक्स उपलब्ध गराउने अनुमान गरिएको छ । 

डिजिटल वालेट तथा मोबाइल बैंकिङबाट भुक्तानी गर्दा एसएमएस तुरुन्तै नआउने, लिङ्क गरिएको मोबाइल मर्चेन्टको काउन्टरमै राख्नु पर्ने जस्ता समस्याका कारण उपभोक्ता र मर्चेन्टलाई झन्झट हुन थालेपछि पछिल्लो समय साउण्ड बक्स तथा डिजिटल स्क्रिन सहितका क्यूआर कोड उपलब्ध गराउने ट्रेन्ड नै सुरु भएको छ । 

Saturday, 9 September 2023

कुनै पनि वेबसाईट नक्कली हो कि सक्कली कसरी थाहा पाउने .....पूरा जानकारी ... कोडिङ्ग बझाङ्ग (Joshi-Technical)

Posted by:- कोडिङ्ग बझाङ्ग


बझाङ्ग  । पछिल्लो समय इन्टरनेट चलाउने जो कोही सतर्क हुनुपर्ने अवस्था आएको छ । साइबर अपराधीहरूले फिशिङ, म्यान इन द मिडल अट्याक जस्ता अनेकन् ह्याकिङ विधिबाट आफ्नो जाल थापिरहेका हुन्छन् । हेर्दा उस्तै लाग्ने वेबसाइट तथा एप खराब नियत भएका ह्याकरले थापेको पासो हुन सक्छ ।

यसरी वास्तविक संस्था वा व्यक्तिको जस्तै दुरुस्तै देखिने नक्कली वेबसाइट बनाएर पनि ह्याकरहरूले सोझा प्रयोगकर्तालाई फसाउन खोजिरहेका हुन्छन् । आज हामी तपाईंलाई त्यस्ता नक्क्ली वेबसाइट कसरी चिन्ने भनेर जानकारी दिन जाँदै छौं:
        
          एड्रेस बार

कुनै पनि वेबसाइट नक्कली वा सक्कली भनेर थाहा पाउने सजिलो तरिका एड्रेस बार हेर्नु हो । कुनै पनि ब्राउजरको माथिल्लो भागलाई एड्रेस बार भनिन्छ । त्यसमा वेबसाइटको लिङ्क हुने गर्छ । जुन अङ्ग्रेजीमा ‘https’ बाट सुरु हुन्छ । यसमा भएको ‘s’ले सेक्योर अर्थात् सुरक्षित भन्ने अर्थ दिन्छ ।

तर यतिमा मात्र भर पर्नु हुन्न । कतिपय अवस्थामा स्वयं ब्राउजरले उक्त वेबसाइट सुरक्षित छैन भनेर एड्रेसबार नै सूचन दिने गर्छ । तर ह्याकरहरूले अनेकन् प्रक्रिया अपनाएर सुरक्षाका मापदण्ड पूरा गर्न सक्छन् । त्यसो हुँदा हामीले वेबसाइटको हिज्जे हेर्नुपर्ने हुन्छ ।

यदि गलत स्पेलिङ वा हिज्जे छ भने हामीले त्यो वेबसाइट नक्कली भएको भनेर बुझ्नुपर्छ ।  जस्तो: ‘Joshi-Technical’ लाई ह्याकरले ‘Joshi-technicall’ भनेर राख्न सक्छन् । त्यस्तै हामीले डोमेन एक्सटेन्सन पनि हेर्नुपर्ने हुन्छ । जस्तो Joshi-technical.blogspot.com लाई ह्याकरले Joshi-technical.blogspot.net बनाएको हुन सक्छ ।

           भाषा र डिजाइन

कतिपय अवस्थामा सक्कली जस्तै बनाउन खोज्दा ह्याकरहरू चुक्न पुग्छन् । उनीहरूले व्याकरण गलत गरेका हुन सक्छन् । वा, वेबसाइटको डिजाइनमा नै केही गल्ती भएको हुन सक्छ । त्यस्तै विभिन्न फोटो, ग्राफिक्स गलत हुन सक्छ । यदि यस्तो गल्ती फेला परे सचेत हुनुपर्ने हुन्छ ।

  ‘अबाउट अस’ र ‘कन्ट्याक्ट अस’ 

कुनै पनि नयाँ वा शङ्का लागेको वेबसाइटमा हामीले ध्यान दिएर हेर्नुपर्ने सेक्सनमा पर्छन्, यी दुई । किनकी कसले वेबसाइट चलाउँछन् ? उनीहरूको कार्यालय वा ठेगाना कहाँ छ ? उनीहरूको सम्पर्क ठेगाना के हो ? भन्ने जस्ता सूचना यहाँ पाइन्छ ।

त्यस्तै प्राय:ले ‘अबाउट अस’ मा त्यो वेबसाइट चलाउने व्यक्ति वा वेबसाइट चलाउने कम्पनीमा संलग्न व्यक्तिहरूबारे जानकारी दिइएको हुन्छ । यदि त्यहाँ कोही व्यक्तिबारे जानकारी राखिएको छ भने तपाईंले उनीहरूको सामाजिक सञ्जाल जस्तो लिङ्कडइन, फेसबुक आदिबाट पुष्टि गर्न सक्नुहुन्छ । 

      अत्यधिक विज्ञापन

कुनै पनि निःशुल्क वेबसाइट खोल्दा विज्ञापन आउनु स्वाभाविक छ । तर अस्वाभाविक रूपमा धेरै ओटा विज्ञापनहरू देखिएका छन् भने शङ्का गर्नुपर्ने हुन्छ । त्यस्ता विज्ञापनहरू रोडब्लक (वेबसाइट खोल्न साथै आउने विज्ञापन) वा पप अप मेसेजका रूपमा आइरहन्छन् ।

अझ गैरकानूनी कुराहरू जस्तै सट्टेबाज, क्रिप्टो आदिबारे विज्ञापन आउँछन् भने ती अर्को साइबर स्क्याम हुन सक्छ । 

       वेबसाइट चेक

केही वेबसाइटहरूबाट अन्य वेबसाइटहरू सुरक्षित छन्/छैनन् भनेर जाँच्न मिल्छ । त्यस्ता वेबसाइटहरूले कुनै पनि वेबसाइटको निरीक्षण गरेर एउटा प्रतिवेदन बनाउँछ । त्यसलाई हेरेर पनि वेबसाइट नक्कली हो वा होइन भनेर थाहा पाउन सकिन्छ । 

यदि तपाईंले कुनै पनि नक्कली वेबसाइट वा स्क्याम गरिरहेको वेबसाइट भेट्नु भए रिपोर्ट वा प्रहरीलाई जानकारी गराउन सक्नुहुन्छ । त्यसो गर्दा उक्त वेबसाइट बन्द हुने र लाखौं व्यक्तिहरू ठगिनबाट बँच्न सक्छन् ।

Sunday, 27 August 2023

आफ्नो हराएको मोबाइल MDMS मा register भएको भए कसरी पत्तालगाउने- Coding Bajhang ..

Posted by:- कोडिङ्ग बझाङ्ग




चोरी तथा हराएका मोवाईलहरु खोजतलास गर्ने प्रयोजनको लागी तयार पारिएको नमुना 
*********************************************************************
नोट- तपाईको चोरी तथा हराएको मोवाईलहरु नेपाल दुसंचार प्राधिकरणको MDMS प्रणालीमा Register भएको हुनु पर्छ ।  
१- आफ्नो कम्प्यूटर, ल्यापटप वा मोवाईल लिई Google खोल्नु होस ।
 २- Google मा गएर nta.gov.np  टाईप गरी सर्च गर्ने ।
 ३- नेपाल दुरसंचार प्राधिकरणको Side खुल्छ ।
 ४- नेपाल दुरसंचार प्राधिकृतको Side खुलेपछी IMEI/Mobile Track Registration  मा Click गर्नु होला । 
 ५- त्यसपछी एउटा फर्मेट आउछ उक्त फर्मेटमा चोरी तथा हराएको मोवाईलको IMEI No, मोवाईल नम्बर, मोवाईलको Brand, Model, Lost/Stolen ( एउटा छन्ने गर्ने ), हराएको मिति, हराएको स्थानहरु टाईप गर्ने  र Nationality मा Nepal राख्नु होला  । Validate IME and Continue मा Click गर्ने ।
६- Email Addres मा Gmail id टाईप गरी Request OTP मा Click गरेपछी तपाईको OTP कोर्ड  Gmail id  को Inbox मा आउछ उक्त OTP कोर्ड Verification Code (OTP ) को खाली ठाँउमा टाईप गर्ने । Validate IME and Continue मा Click गर्ने  ।
७- त्यसपछी निवेदकको नामथर, सम्पर्क नम्बर, ठेगाना, नागरिकता वा राहदानी नम्बर, नागरिकता वा राहदानीको फोटो Upload identiy Document मा राख्ने ( २५० KB भन्दा मुनि हुनु पर्छ फोटो) । Next मा Click गर्ने
 ८- हजुरहरुले माथि भरेको रिपोर्ट ठिक छ वा छैन एकचोटी चेक गरी ठिक छ भने Submit From मा Click  गरेपछी Lost Stolen Registration Successful Ok गर्नु होस । 
९- चोरी वा हराएको मोवाईल सेटहरु रिपोर्ट गरेपछी माथि राख्नु भएको Gmail Id Check गरी रहनु होला । हजुरहरुको मोवाईल सेटमा अन्य मोवाईल नम्बरहरु प्रयोग भएमा उक्त Gmail Id मा नेपाल दुरसंचार प्राधिकरणबाट पत्र आए पश्चात नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न जानुहोस ।

Saturday, 26 August 2023

कसरी फेर्ता ल्याउने त आफ्नो हराएको gmail अकाउन्ट् - कोडिङ्ग बझाङ्ग

Posted by:- कोडिङ्ग बझाङ्ग


 

बझाङ्ग ।गुगलले दुई वर्षसम्म निष्क्रिय जिमेल अकाउन्ट हटाउने घाेषणा गरिसकेकाे छ । यसअन्तर्गत १ डिसेम्बर २०२३ देखि दुई वर्षसम्म निष्क्रिय भएका अकाउन्ट हट्नेछन् ।

हामीले पनि आफ्ना लागि थुप्रै जिमेल अकाउन्ट बनाएका हुन्छौं । केही सम्झिएका हुन्छौं भने केही बिर्सिसकेका हुन्छौं । हाम्रो जिमलेको एड्रेस के थियो भन्ने पनि भुलिसकेका हुनसक्छौं ।

तपाईंले विभिन्न तरिकाहरू अपनाएर रिकभर गर्न नसकेको जिमेल अकाउन्ट गुगलको ‘फाइन्ड योर ईमेल’ पेजबाट भेटिन सक्छ । यसको अर्थ कुनै पनि फोन नम्बर वा ईमेल अकाउन्टसँग जोडिएको गुगल अकाउन्ट रिकभर गर्न सकिन्छ ।

आज हामी रिकभरी ईमेल वा फोन नम्बर राखेको कुनै पनि जिमेल अकाउन्ट कसरी फिर्ता ल्याउन सकिन्छ भन्ने विषयमा जानकारी दिँदैछौं । 

- सबैभन्दा पहिले यहाँ क्लिक गर्नुहोस् । 

- त्यसपछि आफूसँग अहिले भएको फोन नम्बर वा ईमेल एड्रेस राख्नुहोस् । 

- अनि माथिको बक्समा आफ्नो पहिलो नाम र अर्को बक्समा थर राख्नुहोस् । 

- त्यसपछि 'नेक्स्ट' बटनमा क्लिक गर्नुहोस् ।

- यति गरेपछि तपाईंले राखेको फोन नम्बर वा ईमेल एड्रेसमा गुगलले भेरिफिकेसन कोड पठाउने उल्लेख गरिएको पेज देखिन्छ । त्यसमा ‘सेन्ड’ बटनमा क्लिक गर्नुहोस् । 

- त्यसपछि तपाईंको जिमेल वा फोन नम्बरमा एउटा कोड आउँछ । उक्त कोड ‘इन्टर कोड लेखिएको पेजमा देखिएको बक्समा राख्नुहोस् । अनि नेक्स्टको अप्सनमा थिच्नुहोस् । 

- यति गर्नुभयो भने उक्त फोन नम्बर वा ईमेल एड्रेसलाई रिकभरी अप्सनमा राखिएका जिमेल अकाउन्ट देखिन्छन् । 

-त्यहीमध्ये आफूले चाहेको जिमेल अकाउन्ट छान्नुहोस् । 

-यति गरेपछि उक्त अकाउन्टको लागि राखिएको पासवर्ड राख्न भनिएको हुन्छ । पासवर्ड छ भने पासवर्ड राख्नुहोस् । तर यदि छैन भने 'फर्गेट पासवर्ड'को अप्सनमा ट्याप गर्नुहोस् ।

- फर्गेट पासवर्डमा ट्याप गरेपछि त्यहाँ देखाइएको विकल्प छानेर पासवर्ड परिवर्तन गर्नुहोस् । 

यसरी तपाईं आफूले बिर्सिसकेको अकाउन्ट पनि रिकभरी ईमेल वा पिन नम्बरको सहायताले फेला पार्न सक्नुहुन्छ । त्यसबाहेक पनि आफूसँगै भएका कति अकाउन्ट एक्टिभ छन्, कति छैनन् भन्ने कुरा पनि माथिकै तरिका अपनाएर फेला पार्न सक्नुहुन्छ । 

यदि तपाईंको कुनै जिमेल अकाउन्ट हराएको छैन भने पनि तपाईं आफ्नो अकाउन्टमा रिकभरी फोन नम्बर वा ईमेल छान्नसक्नु हुन्छ । यस्तो हुँदा केही गरी जिमेल अकाउन्टको ईमेल एड्रेस बिर्सियो भने रिकभर गर्न सजिलो हुन्छ ।

more infomration :- टेक पाना

आईटी क्षेत्रको महत्व (ग़ज़ल) .... coding- Bajhang

Posted by:- कोडिङ्ग बझाङ्ग आईटी क्षेत्रको महत्व   (ग़ज़ल) कोडले बुनेका सपना, संसारै बदलिन्छ है, प्रविधिले दिएको उपहार, जीवनै सजिन्छ है। नेटव...