चोरी तथा हराएका मोवाईलहरु खोजतलास गर्ने प्रयोजनको लागी तयार पारिएको नमुना
*********************************************************************
नोट- तपाईको चोरी तथा हराएको मोवाईलहरु नेपाल दुसंचार प्राधिकरणको MDMS प्रणालीमा Register भएको हुनु पर्छ ।
१- आफ्नो कम्प्यूटर, ल्यापटप वा मोवाईल लिई Google खोल्नु होस ।
२- Google मा गएर nta.gov.np टाईप गरी सर्च गर्ने ।
३- नेपाल दुरसंचार प्राधिकरणको Side खुल्छ ।
४- नेपाल दुरसंचार प्राधिकृतको Side खुलेपछी IMEI/Mobile Track Registration मा Click गर्नु होला ।
५- त्यसपछी एउटा फर्मेट आउछ उक्त फर्मेटमा चोरी तथा हराएको मोवाईलको IMEI No, मोवाईल नम्बर, मोवाईलको Brand, Model, Lost/Stolen ( एउटा छन्ने गर्ने ), हराएको मिति, हराएको स्थानहरु टाईप गर्ने र Nationality मा Nepal राख्नु होला । Validate IME and Continue मा Click गर्ने ।
६- Email Addres मा Gmail id टाईप गरी Request OTP मा Click गरेपछी तपाईको OTP कोर्ड Gmail id को Inbox मा आउछ उक्त OTP कोर्ड Verification Code (OTP ) को खाली ठाँउमा टाईप गर्ने । Validate IME and Continue मा Click गर्ने ।
७- त्यसपछी निवेदकको नामथर, सम्पर्क नम्बर, ठेगाना, नागरिकता वा राहदानी नम्बर, नागरिकता वा राहदानीको फोटो Upload identiy Document मा राख्ने ( २५० KB भन्दा मुनि हुनु पर्छ फोटो) । Next मा Click गर्ने
८- हजुरहरुले माथि भरेको रिपोर्ट ठिक छ वा छैन एकचोटी चेक गरी ठिक छ भने Submit From मा Click गरेपछी Lost Stolen Registration Successful Ok गर्नु होस ।
९- चोरी वा हराएको मोवाईल सेटहरु रिपोर्ट गरेपछी माथि राख्नु भएको Gmail Id Check गरी रहनु होला । हजुरहरुको मोवाईल सेटमा अन्य मोवाईल नम्बरहरु प्रयोग भएमा उक्त Gmail Id मा नेपाल दुरसंचार प्राधिकरणबाट पत्र आए पश्चात नजिकको प्रहरी कार्यालयमा सम्पर्क राख्न जानुहोस ।
More information:- कोडिङ्ग बझाङ्ग

No comments:
Post a Comment
धन्यवाद सुझाब र सल्लाहको लागि